28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

पृथ्वी राजमार्गको हुग्दी पुलबाट गाडी खस्यो, तीन जना घाइते

श्रावण १७, २०७४- काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको मालवाहक डिब्बा गाडी धादिङको जोगिमारास्थित हुग्दीखोलाको पुलबाट मंगलबार बिहान खसेको छ ।

डिब्बा गाडी ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछि हुग्दीखोला पुलबाट खोलामा खसेको हो । पुलबाट खसेपछि गाडी चालक र सहचालक दुवै सख्त घाइते भएका छन् ।

घाइते हुनेमा चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको गजुरीस्थित इलाका  प्रहरी कार्यालयले जनाएको छ।

बिहान करिब साढे ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मोडमा रहेको उक्त पुलमा  तीब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको प्रत्यक्षदर्शीले बताए । करिब १ महिना अघि सोही पुलबाट ट्रक खस्दा ३ जनाले ज्यान गुमाएका थिए ।उक्तपुलबाट हरेक वर्ष आधा दर्जन सवारीसाधन खस्ने गरेको प्रहरीको तथ्याङ्क छ ।

src: Ekantipur

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles