28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

कालिमाटी तरकारी बजार बन्द, गलत हल्ला फैलाएको व्यापारीहरुको आरोप

काठमाडौं , भाद्र ५, २०७५ ।

आधा रातबाट नै भिडाभाड हुने कालिमाटी बजार आज सुनसान बन्यो ।

वर्षको एक दिन मात्र बन्द रहने बजार आज भने सरकारले ज्यादती गरेको भन्दै व्यवसायीहरुले बजार नै बन्द गरेका हुन् ।

दैनिक झण्डै ७ सय तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन मात्रै तरकारी भित्रिएको थियो ।

हिजो अनुगमनका क्रममा अवरोध गरेको भन्दै प्रहरीले कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी नै खरिद नगरेका हुन् ।

कालिमाटी बजार बन्द हुँदा जनताहरुलाई भने सास्ती भएको छ ।

सरकारले तरकारीमा सिन्डिकेट गरेको भन्दै कडा रुपमा प्रस्तुत हुने बताइरहँदा मारमा भने जनता नै पर्ने गरेका छन् ।

विना कुनै मापदण्ड सरकार एक्कासी व्यवसायीमाथि जाइलाग्दाको असर हो यो ।

आज (म‌ंगलबार) बिहानै पनि आपूर्ति विभागको टोली कालिमाटीमा अनुगमनमा गएको थियो ।

तर, आज बजार भने बन्द नै भयो ।

अनुगमनमा गएको टोलीले आफूहरुलाई व्यापारीहरुले थुनेको भनेर हाल्ला फैलाएको भए पनि त्यो यथार्थ नभएको कालीबाटीका व्यापारीहरुको भनाई छ ।

कालिमाटीका एक व्यापारी भन्छन्–‘उहाँहरु अनुगमनमा आउनु भएको रहेछ, दुई वटा गाडीलाई समातेर विल विजक मागेपछि विवाद सिर्जना भएको थियो ।

हामीले किसानबाट ल्याएको तरकारीको विल विजक कसरी दिने ? भनेर प्रश्न गर्दा उहाँहरुले गाडीको सामान झार्न नै नदिएपछि व्यापारी साथीहरुले होहल्ला गर्नु भएको थियो ।

त्यसपछि हामीले कार्यालयमा गएर कुरा गरौं भन्यौ र कुरा गर्न कार्यालय गएका पनि हौं ।

हामी भित्र बसेर कुरा गर्दै गर्दा व्यापारी साथीहरु बाहिर सरकारले गलत गरेको भन्दै हुनुहुन्थ्यो ।

त्यसैलाई उहाँहरुले थुने भनेर गलत हल्ला फैलाउनु भएको हो ।’

‘हो, सरकारले विल विजक विना कारोबार नगर्नु भन्न सक्छ । त्यसलाई हामीले पनि सकारात्मक रुपमै लिएका छौं ।

तर, भन्ने वित्तिकै सबै किसान र व्यपारीले कम्पनी खोल्न सक्छन् र ? विल बनाउन । केही समय त दिनु प¥यो नि ।

अथवा सरकारले नै गाउँ गाउँमा कृषि सहकारीको अवधारणा ल्याउन प¥यो र सोहि सहकारीमार्फत विक्री वितरण हुने वातावरण मिलाउनु प¥यो । हाम्रा साथीहरुलाई थुनेर समस्याको समाधान हुन्छ र ? एक दिन बजार बन्द हुँदा कति जनतालाई मार पर्छ र तरकारीको भाउ कति बढ्छ भन्ने कुरा सरकारले बुझेको छ र ?’ उनले थपे ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ।

महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ।

विवाद बारे बुझ्न सोमबार दिउँसो नै आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली पनि कालीमाटी बजार गएका थिए। त्यहाँ पुगेर मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकारले कडाइका साथ अनुगमन गर्ने बताएका थिए ।

घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो ।

मन्त्रालयका सहसचिव प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा–‘किसानलाई कम मूल्य दिई उपभोक्तासँग बढी मूल्य लिने बिचौलियालाई नियन्त्रण गरी तरकारीका उत्पादक र उपभोक्ताबीचको दूरी न्यून गर्न नियमित अनुगमन गर्छौं ।’ उल्लेख छ ।

सरकारले तरकारीमा भएको सिन्डिकेट अन्त्य गर्ने नै हो भने केहि समय दिएर विल विजक विना विक्री वितरण बन्द गर्ने, विचौलियाहरुलाई कारबाही गर्ने, थोरै मूल्यमा पसल भाडामा लिएर बढिमा लगाउनेमाथि कारबाही गर्ने हो भने तरकारीमा देखिएको सिन्डिकेट आफै अन्त्य हुने व्यापारीहरु नै बताउँछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles