28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

ट्रकको ठक्करबाट दुईको मृत्यु

चितवन , भाद्र ५, २०७५ ।

गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका थिए । मृतकको सनाखत हुन सकेको छैन ।

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ ।

भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो ।

घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles