जिसस प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा !

द्वारा : सुदुर न्युज

श्रावण १७, २०७४- निर्वाचनका लागि मत बराबर भएपछि जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई चिठ्ठा परेको छ । कांग्रेस र एमालेबीच प्रमुखसहित चार सदस्य र उपप्रमुख सहित पाँच सदस्य पाउने लिखित सहमतिपछि सञ्चारकर्मीको रोहोवरमा गोला गरिएको थियो ।

मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सर्वसम्मत मनोनयन दर्ता हुने भएको छ । एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा देवेन्द्रबहादुर केसीले र महिला सदस्यमा बोमायाँ गर्वुजाले मनोनयन दर्ता गर्ने भएका छन । बाँकी दुई सदस्यमा एमालेको कोटाबाट राप्रपाबाट सुकमायाँ छन्त्याल र हरिबहादुर शाक्यले मनोनयन गर्ने भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा लोकबहादुर मल्लले मनोनयन दर्ता गर्दै गर्ने भएका छन् । प्रमुखका दावेदार मल्ल चिठ्ठा नपरेपछि उपप्रमुखमा ओर्लेका हुन् । त्यसैगरी सदस्यहरुमा रामदेवी पुन, खिमाकुमारी पुर्जा, मिकबहादुर गर्वुजाले मनोनयन गर्दै छन् । कांग्रेस कोटाबाट माओवादी केन्द्रका शेरबहादुर कसीले पनि सदस्यमा मनोनयन गर्ने तयारीमा छन् ।

स्थानीय तहको दोस्रो चरणको चुनावमा झापाको कमल गाउँपालिकामा बराबर मत आएपछि कांग्रेस र एमालेबीच गोला हुँदा एमालेका मेनुका काफ्ले विजयी भएकी थिइन् ।

SRC ekantipur

 

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com