34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

नगद लुकाई लुटपाट भएको बताउने पक्राउ

काठमाडौं, भाद्र ५, २०७५ ।

आफु काम गर्ने पसलको नगद सहकारी संस्थाबाट झिकी पसलतर्फ लैजाने क्रममा लुटपाट भएको भनी पैसा आपैmले लुकाउने काठमाडौं महानगरपालिका–२२ ओटु बस्ने असगर अलीलाई प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रपाटीस्थित नेपाल जिपो ट्रेडिङ नामको ओखर पसलमा काम गर्ने अलीले आइतबार पसलको नगद १५ लाख बज्रयोगिनी बहुउदेश्यीय सहकारी संस्था न्युरोडबाट झिकी क्षेत्रपाटीतर्फ आउँदै गरेको अवस्थामा पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई नियन्त्रणमा लिई स्वयम्भूको जंगलमा लगेर उक्त रकम लुटेको बताएका थिए ।

अनुसन्धानको क्रममा अलीले उक्त रकम लुटिएको भनि झुटो जानकारी गराएको खुल्न आएको र उनले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित राजेश श्रेष्ठको घरको भ¥याङमुनि झोलाभित्र लुकाई राखेको अवस्थामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ, चिनिया युआन १ सयको १ थान तथा १० को १ थान र सामसुङ मोवाइल १ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles