24.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

हत्यारालाई कारबाहीको माग राख्दै विराटनगरमा शवसहित प्रर्दशन

विराटनगर , भाद्र ४, २०७५ ।

कार्यस्थलमै शनिबार राति विराटनगरमा हत्या गरिएका मृतक परिवारले शव सहित प्रर्दशन गरेका छन । हत्यारालाई कारवाही र पीडित पक्षलाई क्षतिपुर्तिको माग गर्दै उनिहरुले प्रदर्शन गरेका हुन ।

विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का टंकप्रसाद भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र क्षतिपुर्तिको माग गर्दै प्रर्दशन गरेका हुन ।

घटनापछि धरानबाट पोस्टमार्टमगरि ल्याइएको भट्टराईको शवसहित उनिहरुले प्रदर्शन गरेका हुन ।

पीडितपक्षको प्रदर्शनमा अखिल नेपाल सेक्युरीटि मजदुर संगठन मोरङले समेत ऐक्यबद्धता जनाएको छ ।

सो क्रममा पीडित पक्षले सोमबार दिउसो शवसहित धरानरोडमा प्रदर्शनगर्दै विराटनगर ३ मा रहेको घटनास्थल विक्की हार्डवेयर पसल अगाडी शव राखेर केहिबेर प्रर्दशन गरेका थिए ।

मृतककी छोरी नविना भट्टराईले आफुहरुले न्याय नपाएसम्म शवको अन्त्येष्टि नगरी प्रदर्शन जारी राख्ने बताइन ।

पसल अगाडि शव राखेर केहिबेर प्रदर्शन गरेका पीडित पक्षले केहिबेरपछि धरानरोडको मुख्य राजमार्गमा शव राखेर धर्नामा बसेका थिए ।

सो क्रममा उनिहरुले सवारीसधान आवागमनमा समेत रोक लगाउदै पीडित पक्षलाई न्यायदिन माग गर्दै नाराबाजी समेत गरे ।

पीडित पक्षले न्याय नपाएसम्म प्रर्दशन जारी रहने उनिहरुले प्रतिक्रिया दिएका थिए ।

सवारीसधन अवरोध गरिएपछि उत्तरदक्षिण राजमार्गको निकै लामो दुरीसम्म सवारीसाधनको जाम लागेको थियो ।

प्रदर्शनका कारण तनाव उत्पन्न हुनसक्ने आशंकामा ब्यापक प्रहरी परिचालन गरिएको थियो । झण्डै एकघन्टा बढीको प्रयासपछि प्रहरीले प्रर्दशनकारीलाई छेकबार लगाउदै सडकमा राखिएको शव कब्जामा लिएको थियो ।

प्रहरीले सडकमा राखिएको शव सडक किनारमा पार्किंग गरिराखिएको शवबाहनमा राखेर पछि प्रदर्शनकारीलाई राजमार्गबाट छेउ लगाएर सवारीसधानको आवागमन सुचारु गरेको थियो ।

सडकबाट उठाएको शव पछि प्रहरीले मृतकका आफ्न्तलाई नै जिम्मा लगाएको थियो ।

मृतक भट्टराईका शव जिम्मा लिएका आफ्न्तले सोमबारै सांझ उनको अन्त्येष्टि गरिने जनाएका छन ।

उनिहरुले शवको अन्त्येष्टि गरिएपनि न्याय नपाएसम्म प्रर्दशन र पहल जारी रहने जनाएका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles