39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बलात्कारको आरोपमा पाँच जना पक्राउ

चितवन, भाद्र ४, २०७५ ।

सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् ।

उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगी सामूहिक बलत्कार गरेको आरोप लागेको छ ।

उनीहरुले बालकसँग सामान्य चिनजान भएकी उनलाई दिउँसो ३ बजे नारायणगढको पुल्चोक पु¥याइदिने भन्दै म्याजिकमा लगेका थिए ।

म्याजिकका सहचालक र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बहाना बनाई साथमा नै लिएर हिँडेको प्रहरीले जनाएको छ ।

दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादकपदार्थ सेवन गराई सामूहिक रुपमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताउनुभयो ।

उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles