नारायणी नदीमा एक किशोर बेपत्ता

द्वारा : सुदुर न्युज

चितवन , भाद्र २, २०७५ ।

नारायणी नदीमा पौंडी खेल्दा बगेर एक किशोर बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–१६ शरणपुर स्थित गणेश मन्दिर क्षेत्रमा पर्ने नारायणी किनारमा शनिबार दिउँसो पौडी खेल्न गएका स्थानीय १६ वर्षीय सुजित भुजेललाई नारायणीले बगाएको हो ।

साथीसँग पौडी खेल्न गएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy