प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपालमा

द्वारा : सुदुर न्युज

काठमाडौ: प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु भन्दा पहिले चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन।

चीनका उपप्रधानमन्त्री वाङ याङ

चीनका उपप्रधानमन्त्री वाङ याङ

नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन ।

६२ बर्षीय याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

याङको नेपाल भ्रमणको तयारीलाई परराष्ट्रमन्त्रालयले तीब्रता दिएको छ । स्रोतका अनुसार भ्रमणका एजेण्डा माथि बिभिन्न तहमा मन्त्रालय र अन्तरमन्त्रालयका वीचमा छलफल भइरहेको छ । भुकम्पपछिको पुननिर्माणमा चीनले गर्दै आएको सहयोग,वान वेल्ट वान रोड लगायतका मुख्य बिषयमा छलफल केन्द्रित हुने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।

चीन सरकारका चार जना उपप्रधानमन्त्री मध्येका एक वाङ याङ भदौ १ गते स्वदेश फर्कने गरी कार्यतालिका बनाइदैछ । वाङ याङसहित चीनमा चाङ गाउली, लिउ यानतोङ, मा खाई उपप्रधानमन्त्री छन् । याङले सन २०१३ को मार्च १६ मा उपप्रधानमन्त्री पदको जिम्मेवारी लिएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा भदौमा भारत भ्रमणमा जाने गरी दुवै मुलुकमा तयारी गरिएको छ । भारत भ्रमणमा जानु भन्दा पहिले चीनले उच्चस्तयिर प्रतिनिधिमण्डल नेपाल भ्रमणमा पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

 src Annapurn dainik

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com