29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

राउण्ड धौलागिरी बेसक्याम्प पुग्ने पदमार्ग निर्माण सुरु

म्याग्दी, भाद्र १, २०७५।

राउण्ड धौलागिरी बेसक्याम्प पुग्नका लागि पदमार्ग निर्माणको कार्य सुरु भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालको बेसक्याम्प पुग्न पदमार्ग निर्माण क ार्यलाई अगाडि बढाइएको हो ।

बेनीको हुलाकचोकदेखि अर्थुङ्गे–गुफा–पौलस्त्य–पुलहाश्रम–जगन्नाथधाम–टोड्के–मालिका–धुरी विम भएर मुदी हुँदै धौलागिरी बेसक्याम्प पुग्न पदमार्ग बनाउन लागिएको धौलागिरी पर्यटन परिषद म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ बाट पदमार्ग निर्माणकार्य सुरु गरिएकोमा हालसम्म एक हजार आठसय ८२ मिटर लामो पदमार्ग निर्माण गरिसकिएको छ ।

मंगला गाउँपालिका–१, कुहुँस्थित रहेको पर्यटकीयस्थल टोड्के तर्फबाट झण्डै एकहजार मिटरको

पदमार्ग निर्माण गरिएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो चरणमा पर्यटन विभागबाट टोड्केमा गतवर्ष ३४ लाख रुपैयाँको बजेटबाट पदमार्ग र गोलघर (प्रतिक्षालय) निर्माण गरिएको छ ।

यसैगरी गतवर्ष पर्यटन विभागबाटै परेको ३० लाखको लागतमा ७ सय ६४ मिटर सिँढी निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए ।

यसैगरी बेनी नगरपालिकाको कार्यालयबाट चारलाख रुपैयाँको बजेटमा एकसय १८ मिटरको सिढी निर्माण भएको छ ।

बेनीको हुलाकचोकबाट पदमार्ग बनाउन सुरु गरिएकोमा हालसम्म बेनीतर्फ एकहजार ३३८ ओटा सिँढी बनाइएको उपभोक्ता समितिका अध्यक्ष बानियाँको भनाइ छ ।

पछिल्लो समय पदमार्गको अभावमा जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेकोमा पर्यटकहरुलाई नै लक्षित गरेर पदमार्ग निर्माणको कार्यमा जोड गरिएको छ ।

बेनीबाट सुरु भएर धौलागिरी बेसक्याम्प पुगेर टुङ्गिने यस पदमार्गलाई भर्जिन पदमार्गको संज्ञा समेत दिइएको छ ।

विगत केही वर्षयता गाउँ गाउँसम्म डोजरको प्रयोगमा तिव्र सडक विस्तारको कार्यले पदमार्ग र चौतारा लोप हुँदै गैरहेको अवस्थामा नयाँ पदमार्गले जिल्लामा पर्यटन आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ ।

निर्माणाधीन रुपमा रहेको पदमार्गले पर्यटकसँगै सदरमुकाम बेनी आउने सर्वसाधारण तथा मर्निङ र इभिनिङ वाक गर्नेलाई सहज पुगेको छ ।

यस पदमार्गलाई कहीँ कतै पनि सडकले अवरोध नगर्ने जनाइएको छ ।

हालसालै बन्दै गरेको अवस्थामा रहेको पदमार्गले म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुनुका साथै धार्मिक पर्यटन बढ्ने सम्भावना रहेको छ ।

बेनीबजारदेखि धौलागिरी बेसक्याम्प पुग्ने गन्तव्यका लागि पदमार्ग निर्माणको कामलाई अगाडि सारिएको हो ।

पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव सुन्दरमान शेरचनले पदमार्ग निर्माणका क्रममा यसअघि कामदारको अभाव, वर्षात्को समय पर्नु जस्ता समस्याहरु आइपरेको बताए ।

बेनीदेखि अर्थुङ्गे आँपरुख मुनिसम्म पदमार्ग पु¥याइएको छ भने टोड्केबाट डडुवातर्फ र प्रसिद्ध मालिका मन्दिर जानेतर्फ पदमार्ग बनाइएको छ ।

धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष समेत रहेका बानियाँले जिल्लामा पर्यटनको उपस्थिति बढाउनका लागि पदमार्ग निर्माण गर्नुका साथै पर्यटनमैत्री वातावरण निर्माणमा जोड दिन आवश्यक रहेको बताए ।

उनले पदमार्गलाई आगामी दिनमा अगाडि बढाउन पर्याप्त बजेटको आवश्यकता रहेको बताएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles