26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

एक घर एक धारा अभियान

बैतडी,  साउन ३१, २०७५ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाले एक घर एक धारा अभियानलाई निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्र रहेका पानीका सा्रेतको खोजी गरी गाउँपालिकाभित्र रहेका ४ हजार ५ सय घरधुरीमा पानीको धारा पु्र्याईने भएको छ ।

प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यले खानेपानीको पहँुच बाहिर रहेका नागरिकका लागी सोलार पम्पिङ प्रणालीवाट समेत खानेपानीको व्यवस्था गरिन लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

गाउँपालिकाका विभिन्न ठाउँमा हाल ४ वटा सोलार पम्पिङ प्रणालीवाट खानेपानी आयोजना सम्पन्न भईसकेका उनले बताए।

वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना थामु,वडा नं २ मा डाडाईजर खानेपानी आयोजना, वडा नं ५ न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएका हुन् ।

सोलार पम्पिङ प्रणालीवाट खानेपानीको लागी गत बर्षनै १ करोड बढी रकम विनियोजन गरेको थियो ।

गाउँपालिकाले गत बर्ष नै ४ वटा सोलार पम्पिंग प्रविधिवाट खानेपानी योजना लगाएर ३२ वटा खानेपानी आयोजना समेत निर्माण सम्पन्न गरेको जनाएको छ ।

सोलार पम्पिङ प्रणालीवाट खानेपानीको व्यवस्थाभएसंगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ ।

अगामी ४ बर्षमा दोगडाकेदारवासीको प्रत्येका घरमा पानीको धारा पुर्याउने उद्देश्यले एक घर एक धारा अभियान चलाएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles