26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

२७ एसएसपीको सरुवा

काठमाडौं,  साउन ३१, २०७५ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ठूलो संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।

यस क्रममा ललितपुर र काठमाडौंका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

सरुवामा पर्नेमा प्रहरी प्रधान कार्यालय, कार्य महाशाखा नक्सालमा कर्यरत अरुणकुमार बिसीदेखि संघीय प्रहरी एकाई कार्यालय, कोशीमा कार्यरत हरिबहादुर पालसम्म छन् ।

प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles