30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पहिरोले मनाङ सदरमुकाम बन्द

मनाङ,  साउन ३१, २०७५ ।

भीषण पहिरोको कारण मनाङ सदरमुकाम आवतजावत बन्द भएको छ ।

मंगलबार वेलुकीवाट परेको भिषण वर्षाले बेंसीसहर–चामे सडक खन्ड अन्तरगत चामे गाउँपालिका–३ मा ठुलो पहिरो गएको छ ।

जसले गर्दा वेंसीसहरबाट मनाङ जाने र मनाङवाट वेसिसहर आउने सवारी साधन ठप्प भएका छन् भने मानिस र पशुचौपायसमेत प्रभावित भएका छन् ।

करिव छ सय मिटर भन्दा बढी चौडाइमा गएको पहिरोले सदरमुकाम आउने जाने सवारी साधन र मानिस पशुचौपायलाई समेत प्रभावित पारेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

बुधबार बिहानदेखि आवतजावत बन्द भएपछि गाउँपालिकाको नेतृत्वमा जिल्लामा रहेका सेना प्रहरी र स्थानीयको पहलमा वैकल्पित मार्गका लागि काम भइरहेको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र वहादुर घलेले वताउनु भयो ।

उहाँका अनुसार वैकल्पित मार्गले सदरमुकाम जोड्न अझै ३–४ दिन लाग्ने त्यो पनि मानिस र पशु चौपय आवतजावतका लागि मात्र हुनेछ ।

हाललाई अस्थायीरुपमा समस्या समाधान गर्र्न क्यारभान कन्सलटेन्सीले सहयोग गरेको छ ।

तलवाट मरस्याङ्दी नदिले तानेको र माथिवाट माटो वगेकोले काम गर्न कठिन भएको क्याराभान कन्सलटेन्सीका ईन्जिनियर नारायणलामाले वताउनु भयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles