28.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

आफ्नै भाई र छोराको हत्या, दुई छोरा गम्भीर घाइते

रुकुम, साउन ३०।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ लोरीबाङका एक व्यक्तिले आफनै भाई र छोराको हत्या गरेका छन् ।

आज बिहान करिव ५ बजेतिर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मुसिकोट नगरपालिका १४ लोरीबाङका शंकर बिष्टले आफ्नै १७ बर्षका भाई गोर्कण बिष्ट र १२ बर्षका छोरा सुर्दशन बिष्टलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यस्तै खुकुरी प्रहारबाट छोराहरु १३ बर्षका प्रकाश बिष्ट र १० बर्षका दिनेश बिष्ट पनि गम्भीर घाइते छन् ।

घाइतेको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको भएपनि मौसममा सुधार हुन बितिकै उनीहरुको थप उपचारका लागी नेपालगंज लिने तयारी भइरहेको छ ।

हत्यामा संलग्न शंकर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles