पाल्पामा स्कुल बस दुर्घटना, १५ जना घाइते

द्वारा : सुदुर न्युज
Accident
0

पाल्पा, साउन २९, २०७५  ।

पाल्पामा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना विद्यार्थी र चालक घाइते भएका छन् ।

रिभर भ्याली बोर्डिङ्ग स्कूल दमकडा पाल्पाको लु १ क १५५८ नम्बरको बस बगनासकाली गाउँपालिका १ चिर्तुङधारा नजिकैको पिप्लेमा बिहान पौने १० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा चालक रिखिराम खाम्चासहित १५ विद्यार्थी घाईते भएका हुन् ।

घाईते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको स्थानीय पत्रकार तिल बहादुर गाहाले जानकारी दिए ।

बसमा २७ जना विद्यार्थी रहेको जनाइएको छ ।

घटनाको बारेमा थप जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy