30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

१ सय ३६ ले गरे आत्महत्या

काभ्रे, साउन २९, २०७५ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७४÷२०७५ मा भएका बार्षिक घटनाहरुको तथ्याङ्कमा हत्या र आत्महत्या बढेको बताएको छ ।

आत्महत्या गर्नेहरुको संख्या १ सय ३६ पुगेको छ ।

अघिल्लो वर्ष ज्यान सम्वन्धी ७६ वटा घटना भएकोमा पछिल्ला वर्ष बढेर ९० वटा पुगेको छ ।

प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार अघिल्लो वर्ष १ सय २५ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ ।

प्रहरीले आत्हत्या रोक्न विभिन्न संघ संस्थाको समन्वयमा विद्यालय तथा कलेजहरुमा न्युनिकरण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम गरी त्यसका कारक तत्व पहिचान गर्ने, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा प्रभावकारी योजना बनाउन पहल गर्ने काम भएको प्रहरी प्रमुख खड्काले बताए ।

अपराध न्युनिकरण गर्न विभिन्न विद्यालय, महिला समुह सरोकारवाला निकायहरुसँग समन्वय गरी जनचेतनामुलक कार्यक्रम गरिएको, महिला विरुद्ध हुने अपराधको सजायँको उजुरी गर्ने निकायका बारेमा जानकारी गराएको र सचेतना फैलाउने पर्चा पम्लेट तयारी गरी वितरण गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरी सम्वन्धी घटनामा कमी भएको बताएको छ । अघिल्लो वर्ष चोरीका १८ वटा घटना दर्ता भएकोमा गत आर्थिक वर्षमा १५ वटा उजुरी दर्ता भए ।

संगठित तथा आर्थिक अपराधको संख्या ४७ वटा ४० मा झरेको प्रहरीले बताएको छ । सामाजिक अपराधका घटनामा भने बृद्धी भएको छ ।

१ सय ७८ वटा घटनाबाट बढेर २ सय ३० वटा सामाजिक अपराधका घटनामा उजुरी दर्ता भएको छ । महिला तथा बालबालिका सम्वन्धी घटनामा समेत बृद्धी भएको छ ।

४५ वटा घटनाबाट बढेर ६९ वटा पुगेको छ भने सवारी सम्वन्धी घटना ३२ बाट ४८ पुगेको छ ।

विविध घटना १२ वटा प्रहरीले हेरेको छ । जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधीमा ६ सय ४० प्रकारका घटनाहरुमा नागरिकहरुलाई सेवा प्रदान गरेको छ ।

अघिल्लो वर्ष ५ सय २१ वटा घटनामा सेवा प्रदान गरेको थियो ।

महिनाका आधारमा सबै भन्दा धेरै जेष्ठ महिनामा प्रहरी कार्यालयमा उजुरी दर्ता भएका छन् ।

जेष्ठ महिनामा ७० वटा उजुरी दर्ता भए भने चैत्र महिनामा ६४ वटा र माघ महिनामा ६३ वटा उजुरी दर्ता भएका छन् ।

सबै भन्दा कम कार्तिक महिनामा ३९ वटा घटना दर्ता भएका छन् ।

बारको आधारमा सबै भन्दा धेरै शुक्रबार धेरै उजुरी दर्ता हुने गरेका छन् ।

शुक्रबार ९८ वटा उजुरी दर्ता भए भने आईतबार ९७ वटा उजुरी दर्ता भएका छन् ।

शनिबार ९६ वटा घटना दर्ता भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles