39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली

निर्वाचित भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका १० र माओवादी केन्द्रका मन्त्री समावेश गरेर देउवाले सरकार विस्तार गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली
मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली

कस्ता छन नयाँ मन्त्री ?

नेपाली कांग्रेस 

मीन विश्वकर्माः

विश्वकर्मा केन्द्रीय सदस्य एवं सांसद विश्वकर्मा भोजपुरका स्थायी बासिन्दा हुन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा उनी प्रस्तावक थिए ।

वीरबहादुर बलायरः
बलायर डोटी क्षेत्र नम्बर १ का सांसद हुन् । सुदुरपश्चिमका नेता बलायर देउवा पक्षीय कांग्रेस नेता हुन् । बलायर डोटीको खानदानी परिवारका सदस्य हुन् ।

महेन्द्र यादव:
यादव धनुषाका स्थायी बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत हुन् ।

अम्बिका बस्नेतः
बस्नेत दुइवटै संविधानसभामा समानुपातिक तर्फवाट सभासद बन्ने भाग्यमानी नेतृ हुन् । कांग्रेसको महिला संगठनबाट उनले राजनीति शुरु गरेकी थिइन् ।

रामकृष्ण यादव:
यादव नेपाली कांग्रेस धनुषाका पूर्व सभापति हुन् । पहिलो संविधानसभाको कार्यकालमा यादव संसदको लेखा समितिको सभापति थिए । दुइवटै निर्वाचनमा धनुषाबाट प्रत्यक्ष चुनाव जितेका यादव इमान्दार नेताको रुपमा चिनिन्छन् ।

राजन केसी:
केसी काठमाडौंका कांग्रेस नेता हुन् । २०७० सालको चुनावमा तत्कालिन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं १० बाट पराजित गरेर केसी चर्चामा आएका थिए ।

भीमसेनदास प्रधान:
प्रधान काठमाडौं कांग्रेका पुराना नेता हुन् । प्राध्यापन पृष्ठभूमिका प्रधान कांग्रेस नेता कृष्ण सिटौला समूहबाट मन्त्री बनेका हुन् । गत संविधानसभा निर्वाचनमा उनी काठमाडौं ६ बाट विजयी भएका थिए ।

मोहनबहादुर बस्नेत:
कांग्रेसमा खुमबहादुर समूहबाट मन्त्री बनेका बस्तेन सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन् । कांग्रेसको जिल्ला सभापति रहिसकेका बस्नेत प्रधामनन्त्री देउवा निकट हुन् । प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा र बस्नेतकी पत्नी नजिककका नातेदार हुन् ।

यज्ञबहादुर थापा:
नेपाली कांग्रेसका नेता थापा कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

माओवादी केन्द्र 

गिरिराजमणि पोखरेल:
पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका पोखरेल महोत्तरीबाट दुइवटै निर्वाचनमा प्रत्यक्ष चुनाव जितेका हुन् । नारायणकाजी समूहका पोखरेल यसअघि पनि स्वास्थ्य र शिक्षामन्त्री बनिसकेका छन् ।

महेन्द्रबहादुर शाही: 
माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादी सेनाका डिभिजन कमाण्डर रहेका शाही २०७० को संविधानसभा चुनावमा कालिकोटबाट प्रत्यक्ष चुनाव जितेका थिए । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा महाअभियोग दर्ता गर्दा प्रस्ताव बनेपछि शाही चर्चामा आएका थिए ।

टेकबहादुर बस्नेतः 
माओवादी संसदीय दलका मुख्य सचेतक समेत रहेका बस्नेत माओवादीभित्र अबसर नपाएका इमान्दार नेताको रुपमा चिनिन्छन् । संविधान सभाको दुइवटै चुनावमा बस्नेतले सल्यान जिल्लाबाट चुनाव जितेका थिए ।

शिवकुमार मण्डल:
दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा कम मत अन्तरले मोरङ ४ बाट विजयी भएका मण्डल संविधानसभामा भएको तोडफोड र कुर्सी भाँच्ने मध्येका एक सांसद हुन् ।

आशा कोइराला: 
कोइराला स्थायी शिक्षकाको जागिर छाडेर माओवादी जनयुद्धमा लाग्दा २०५४ साल बैशाखमा पक्राउ परेकी थिइन् । उनी २०६० सालमा तत्कालिन विद्रोही माओवादीको तनहु जिल्ला जनसरकार प्रमुख भएकी थिइन् ।

सन्त कुमार थारु:
नेकपा माओवादी केन्द्रका नेता थारु बर्दिया क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

लोकतान्त्रिक फोरम

जितेन्द्र देव
जितेन्द्र देव विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका नेता हुन् । सप्तरी जिल्लाका स्याथी बासिन्दा रहेका देव लोकतान्त्रिक फोरमका समानुपातिक सांसद हुन् ।

गोपाल दहित

बर्दियाका स्थायी बासिन्दा दहित थरुहट तराई पार्टी नेपालबाट समानुपातिक सांसद चयन भएका थिए । उनको पार्टी विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा विलय भयो ।

नेकपा संयुक्त

मिथिला चौधरी
नेकपा संयुक्तकी नेत्री चौधरी समानुपातिक सांसद हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles