39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

नुवाकोटमा दुई आइचरमा तोडफोड, एकमा आगजनी

नुवाकोट, साउन २९, २०७५ ।

विप्लप माओवादलिे बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटमा दुई आइचरमा तोडफोड गरेको छ भने एकमा आगजनी गरेको छ ।

विप्लवका कबार्यकर्ताहरुले शिवपुरी गाउँपालीका ८ स्थित बोहरेखोलाबाट बालुबा बोकी काठमाण्डौ तर्फ जादै बा ५ ख २१३० नम्बर र बा ५ ख २१३२ नम्बरको आइचर तोडफोड गरेका छन भने बा ४ ख ८५१६ नम्बरको आईचरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

विव्लभका कार्यकर्ताले आइचरमा पेट्रोद छलेर आइचरमा आगजनी गरेको बताइएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताएका छन ।

यसैबिच विप्लव माओवादीले आफ्नो नेता पक्राउ गरेको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा समेत परेको छ ।

बन्दको कारण नुवाकोटबाट छुटुने लामो दुरी तथा छोटो दुरीका वसहरु ठप्प भएका छन ।

बन्दको कारण जनजीवन प्रभावित भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles