26.8 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

गुन्डा नाइके गणेश लामा एक वर्ष कैद हुने फैसला

काठमाडौं, साउन २५, २०७५ ।

गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

बिशेष अदालतले बिहीबार लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक वर्ष कैद र एक करोड बिगो तिराउने फैसला गरेको हो ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै २०७० जेठमा मुद्दा दर्ता भएको थियो ।

हाल लामा केन्द्रीय कारागारमा रहेका छन् । लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।

लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधार लामासहित पाँचजना विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले २०७० साल जेठ ५ गते मुद्दा दायर गरेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles