36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

पानीको बहाव ह्वात्तै बढेपछि बाँध निर्माण स्थगित

रसुवा, साउन २३, २०७५ ।

निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो ।

पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ ।

भूमिगत संरचनाको काम भने निर्वाधरुपमा सञ्चालन भइरहेको छ । चार हजार २०३ मिटर हेडरेस सुरुङको निर्माण अन्तिम चरणमा पुगेको बताइको छ ।

यही साउन ११ गते क्षति भएको टिमुरे घट्टेखोला राजमार्गको पक्की पुल मर्मत द्रुतरुपमा अगाडि बढिरहेको सडक डिभिजन नुवाकोटाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles