26.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

पहिरोले घर बगाउँदा बालकको मृत्यु

काभ्रे, साउन २३, २०७५ ।

बुधबार विहान राति आएको पहिरोको कारण १८ महिनाका बालक पुरिएका छन् । सुतिरहेको स्थानमा पुरिएका बालकको शब प्रहरीले फेला पारेको छ ।

मण्डन देउपुर नगरपालिका वडा नम्वर १० छापमा परेको अविरल बर्षातका कारण स्थानीय हेमबहादुर तामाङको घर कटेज बगाएको थियो ।

भुकम्पका कारण पक्कि घर ढलेको र नयाँ घर निर्माण नगरि टहरामै बसिरहेको अवस्थामा हेमबहादुरको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।

बासले बनाएको कटेजमा बस्दै आएका हेमबहादुर सहित ६ जनाको परिवार कटेज बाहिर निस्किए पनि बालकलाई निकाल्न नसकिएका कारण पुरिएको बताईएको छ ।

घटना भएको जानकारी पाए लगत्तै प्रहरी उद्धारका लागि खटिएको थियो ।

पहिरोका कारण हेमबहादुर तामाङको १८ महिनाको छोरा दिपक तामाङ पुरिएको अवस्थामा फेला परेका थिए ।

हेमबहादुरका चारवटा बाख्रा समेत पहिरोले पुरेर बेपत्ता बनाएको छ ।

बाँस र जस्ताले बनाएको टहरा पुर्ण रुपमा क्षति भएको छ । पहिरोबाट हेमबहादुर र उनको श्रीमती सितामाया तामाङ घाईते भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles