36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

विवाह गर्न केटा र केटीको उमेर २० वर्ष हुनुपर्ने

काठमाडौं, साउन २३, २०७५ ।

  विवाहको लागि अबदेखि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने भएको छ ।

मुलुकी ऐनको देवानी र अपराध संहितामा विवाहसम्बन्धी प्रावधान बाझिएपछि सरकारले एकरूपता कायम गर्न संशोधन प्रस्ताव ल्याएको हो ।

संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुनेछ ।

अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको छ ।

तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्न अब २० वर्ष उमेर पुग्नैपर्ने व्यवसथा गर्न लागिएको कानून मन्त्रालयले जनाएको छ ।

सरकारले वि.सं. १९१० सालमा बनेको मुलुकी ऐन विस्थापित गरी भदौ १ गतेदेखि मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ लागू गर्ने तयारी गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles