30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

चितवनमा बस र ट्रक ठोक्किँदा ४ को मृत्यु

चितवन,साउन २३, २०७५ ।

 पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

१७ जना घाइते छन् ।

पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मृतक चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।

इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles