26.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

खोलाले बगाएको एक पुरुषको शव तीन दिन पछि फेला

रुकुम पश्चिम , साउन २२, २०७५।

काठेपुलबाट खस्दा खोलाले बगाएर हराएका एक पुरुषको शव तीन दिनपछि फेला परेको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ निवासी ६० वर्षकका रनवीर खत्रीको शव मंगलबार फेला परेको आफन्तले बताएका छन् ।

खत्रीको शव बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्थित तार्सिबाङ्ग खोलामा फेला परेको हो ।

आइतबार स्थानीय दुली खोलाले खत्रीलाई बगाएको थियो ।

बाँफिकोट गाउँपालिकाको कार्यालयबाट काम सकेर फर्कँदै गर्दा खोलामा बगेर उनी बेपत्ता भएका थिए ।

खोलामा पुल नहुँदा सर्वसाधारणहरुलाई आवत जावतमा समेत समस्या हुँदै आएको छ ।

खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles