35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

चोरी गरेर भाग्दै दुईजना युवाको भिरबाट लडेर मृत्यु

लमजुङ , साउन २२, २०७५।

लमजुङमा चोरी गरेर भाग्दै दुईजना युवाको भीरबाट लडेर मृत्यु भएको छ ।

क्व्होलासोथर गाउँपालिका– ९ छापागाउँको एक पसलमा चोरी गरेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरूको विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार छापागाउँका मरिचमान गुरुङको पसलमा पैसा राख्ने सानो बाकस चोरेर भाग्दै गरेका उनीहरू मध्यनेपाल नगरपालिका– ८ करापुको भिरबाट खसेर दिउँसो युवाहरूको मृत्यु भएको हो ।

चार जनाले बाकस चोरी गरी भागेकोमा भिरबाट करिब ३ सय ५० मिटर तल खस्दा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार उनीहरूको वास्तविक नाम ठेगाना खुल्न सकेको छैन ।

त्यो चोरीमा संलग्न मध्ये छापागाउँमै बस्ने ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई स्थानीयले नियन्त्रणमा लिएर भोर्लेटार स्थित इलाका प्रहरी कार्यालयमा बुझाएको जानकारीमा आएको छ ।

आफ्नै नेतृत्वमा घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको र चोरीमा संलग्न युवाको खोजी कार्यमा जुटेको प्रहरी निरीक्षक अधिकारीको बताउनु भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles