मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

द्वारा : सुदुर न्युज
Accident
0

लहान, साउन २२, २०७५ ।

सिरहाको नरहा गाउँपालिका– ५ स्थित बलुवा चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

स ६ प ९०८४ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर स्थानीयवासी ८० वर्षीया देवकीदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते यादवलाई स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि गएराति नै थप उपचारका लागि धरान पठाइएकोमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका– १ स्थित महुली खोलामा बाढीले बगाएर ल्याएको एक महिलाको शव फेला परेको छ ।

सनाखत हुन नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy