25.7 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

नक्कली पेस्तोल, छुरी तथा लागूऔषध सहित पक्राउ

काठमाडौं, साउन २२, २०७५  ।

भक्तपुर दुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-११ सुन्धारा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.लाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध डाईजोल्याप ३६ एम्पुल र फेनारगन ३४ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

के.सी.ले उक्त लागूऔषध काठमाडौं महानगरपालिका-१० थापागाँउ बस्ने १९ वर्षीय अनिश थापा मगरबाट खरिद गरेको भनी बताएपछि प्रहरीले मगरलाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles