छोरीको हत्या अभियोगमा बुबासहित ३ जना थुनामा

द्वारा : सुदुर न्युज
0

बुटवल,साउन २२, २०७५  ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीको हत्याको अभियोगमा आफनै बुवा सहित तीन जना पुर्पक्षको लागि थुनामा चलान भएका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले समीक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

घटना विवरणअनुसार गत असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगलागी भएर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्कि मार्ने उद्देश्यले मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दावी सहित आफनै श्रीमान विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो ।

अर्की अभियुक्त समीक्षाकै फुपु मधु ठकुरी थापा फरार रहेकी छिन् ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy