36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बालक अपहरण र हत्या प्रकरणः किन बचाउन सकेन प्रहरीले

काठमाडौं, साउन २२, २०७५  ।

समयमै सूचना पाए पनि प्रहरीले प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो ।

अपहरणकारीले आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेलगत्तै परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

निसानको डेराबाट उनको हत्या भएको ठाउँ केही किलोमिटर मात्रै टाढा पर्छ ।

बाक्लो बसोबास क्षेत्रमै लगेर निसानलाई लुकाए पनि फिरौती असुल्न नसकिने र घटना सार्वजनिक हुने डरले हत्या गरिएको प्रहरीको अनुमान छ ।

सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।

अदालतबाट अनुमति लिएर मात्रै फोन कल लोकेसन हेर्न मिल्ने प्रावधानविपरीत प्रहरीले आपतकालीन स्थिति भन्दै राति ११ नबज्दै अपहरणकारीको लोकेसन टेलिकम स्रोतबाट लिइसकेको थियो ।

अपहरणकारीको लोकेसन मध्यपुर थिमि देखिएलगत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो ।

समयमै परिचालित भए पनि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाबीच समन्वय हुन नसक्दा खोजतलास प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles