35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

प्रहरीसँगको मुडभेडमा २ जना अपहरणकारीको मृत्यु

काठमाडौं ,२१ साउन ।

वालक अपहरण पश्चात हत्या भएको घटनाको अनुसन्धानको क्रममा आपराधिक व्यक्तिहरुसँग सोमबार भएको मुडभेडमा प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा नुवाकोट सामरी ठेगाना भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली-१ ठेगाना भएका २३ वर्षीय अजय तामाङ रहेका छन् ।

सिन्धुपाल्चोक ज्यमिरे–९ स्थायी घर भई काठमाडौं महानगरपालिका-३२ काँडाघारी बस्ने गणेशबहादुर खड्काको ११ वर्षीय छोरा निशान खड्कालाई आइतबार काँडाघारीबाट अपहरण गरी ४० लाख फिरौती रकम माग गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले निशानलाई सोमबार दिउँसो भक्तपुर ठिमी नगरपालिका-७ स्थित श्याम लवटको निर्माणाधीन घरमा मृत अवस्थामा फेला पारेको थियो ।

अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न आपराधिक व्यक्तिहरु खोजी गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिका-८ पाईलट बाबाको आश्रम जाने जंगलमा उनीहरुले प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार गर्न लागेपछि भएको मुडभेडमा प्रहरीले आत्मरक्षाको लागि जवाफी फयार गर्दा निजहरुको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र २ राउण्ड गोली बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles