22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

डुबानबाट बच्न भक्तपुरमा उच्च सतर्कता, हनुमन्तेले बगाएको शव भेटियो

भक्तपुर, साउन २१, २०७५ ।

लगातारको बर्षाले डुबानमा पर्दै आएको भक्तपुरमा क्षति न्युनिकरणका लागि उच्च सतर्कता अपनाइएको छ ।

अत्याधिक वर्षाले हनुमन्ते र मनोहरा खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सम्भावित खतराको अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता भने अपनाइएकोे जानकारी दिनुभयो ।

स्थानीयलाई खोला बढ्ने संभावना देख्नासाथ माईकिङ गरी सुरक्षित स्थानमा जान सुचित गर्ने गरिएको छ ।

लगातारको बर्षाका कारण सोमबार भने हनुमन्ते र मनोहरा खोला आसपासका बस्तीमा सामान्य प्रभाब परेको छ तर बाढी बढेर घरमा पस्ने भयले उनीहरुलाई सताएको छ ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी पस्दा सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्दै आएका छन् ।

यसअघि गत असार २८ गते र हिजो आईतबार आएको बर्षा र बाढीले भक्तपुरका बिभिन्न स्थान डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले सुरक्षा निकायबाट मर्मत गरिएको छ ।

अविरल वर्षाले आएको बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका,चाँगुनारायण नपा अन्तर्गतका बिभिन्न भाग डुबानमा पर्ने गरेका छन् ।

आईतबार हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका थिए ।

बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँसमेत खतरामा परेको छ ।

बर्षाका कारण चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका ग्रामिण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

विशेष गरि सडक छेऊ र भीरमा बनेका घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो ।

कारण भक्तपुरमा ३ जनाको ज्यान जानुका साथै करोडौंको क्षति भएको थियो ।

वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचान गर्ने गरिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निरन्तर परिरहेको अविरल बर्षाले भक्तपुरको पर्यटकी क्षेत्र रानीकोट गढी दरवार जाने सडक खण्ड पहिरोको चपेटामा परेको छ ।

सूर्यबिनायक चोकदेखि करिव सात किलोमिटर दक्षिण क्षेत्रमा पर्ने रानीकोट गढि, घ्याम्पे डाँडा पाइलट बाबा आश्रम र बाघ भैरव क्षेत्र पहिरोको चपेटामा परेको हो ।

पहिरो आएसँगै यस क्षेत्रका बासिन्दालाई आवतजावत गर्न कठिन भएको स्थानीयहरुले जानकारी दिएका छन् ।

स्थानीयले भने अविरल बर्षाका कारण पहिरो आएपछि आवतजावतमा कठिन भएको र सवारी साधनसमेत चल्ल कठीन अवस्था

आएएको बताउनुभयो ।

सूर्यबिनायकदेखि रानीकोट गढीसम्म करिव पाँच स्थानमा बाटो नै अवरुद्ध हुने गरी पहिरो गएको र अन्य स्थानमा साना धेरै पहिलो गएको उहाँको भनाई छ ।

घ्याम्पे डाँडाका पर्यटन व्यवसायी रामजी अवालले स्थानीय सरकारले दिर्घकालीन योजना नबनाउँदा हरेक वर्ष वर्षात लागेपछि यस क्षेत्रमा पहिरो जाने र स्थानीयले सास्ती खेप्नु परेको गुनासो गर्नुभयो ।

रानीकोट गढि पर्यटकीय उपभोक्ता बिकास संस्थाका अध्यक्ष लाल बहादुर लामाले पहिरोको कारण बिद्यार्थीहरु समेत बिद्यालय जान नपाएको दुखेसो पोख्नुभयो ।

बाढीले बगाएको अवस्थामा खोलामा शव फेला
भक्तपुरको सल्लाघारी स्थित डा.इवामुरा अस्पतालको पछाडि हनुमन्ते खोलामा एक किशोरको शव भेटिएको छ ।

खोलामा आएको बाढीले बगाई ल्याएको अवस्थामा झाडीमा अल्झिएको अबस्थामा शव फेला परेको हो ।

शव काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. ५ थली घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण न.पा. २ दुवाकोटमा डेराकोठा गरी बस्ने बर्ष १७ को राजेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

मृतक राजेशका बुबा राजु श्रेष्ठले उक्त लाश पहिचान गर्दा निजको आफ्नै जेठो छोरा भएको खुलेको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटी गई उक्त शवलाई खोलाबाट बाहिर निकाली पोष्टमार्टमको लागी भक्तपुर अस्पतालमा राखिएको छ ।

यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles