30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सौतेनी बाबुद्वारा छोरीलाई बलात्कार

वीरेन्द्रनगर, साउन २१, २०७५ ।

सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ ।

सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।

पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ ।

आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles