42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

आफ्नै छोरीको हत्या अभियोगमा बुवासहित ३ जना थुनिए

बुटवल, साउन २१, २०७५ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीको हत्याको अभियोगमा आफनै बुवा सहित तीन जना पुर्पक्षको लागि थुनामा चलान भएका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले समीक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी,समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पुर्पक्षको लागि थुनामा पठाउनेआदेश दिएको हो ।

घटना विवरण अनुसार गत असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगलागी भएर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्कि मार्ने उद्देश्यले मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दावी सहित आफनै श्रीमान विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो ।

समीक्षाकै अर्की फुपु मधु ठकुरी थापा फरार रहेकी छिन् ।उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles