36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बेनीमा स्मार्ट वाटर प्रोजेक्ट लागू गर्ने तयारी

म्याग्दी, साउन २१, २०७५ ।
म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले झण्डै २१ करोड रुपैयाँको लागतमा स्मार्ट वाटर प्रोजेक्ट लागू गर्ने भएको छ ।

नगरपालिका र बेनी खानेपानी उपभोक्ता संस्थाले आयोजना गरेको कार्यक्रममा दक्षिण कोरियाका इन्यु नेशनल युनिभर्सिटीको टोलीले प्रोजेक्टलाई सम्झौता अनुसार समयमै सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा युनिभर्सिटीको टोलीका प्रमुख प्रोफेसर डाक्टर चो.यी.ले बेनी खानेपानी उपभोक्तासँगको सहकार्यमा पाइलट प्रोजेक्टका रुपमा स्मार्ट वाटर प्रोजेक्ट सञ्चालन गर्न लागिएको बताए ।

पाइलट प्रोजेक्टलाई नमुना बनाउन आवश्यक सबै शक्ती प्रयोग गरिने उनले बताएका छन् ।

७ जना कोरियन टोलीको नेतृत्व गरी बेनी आएका चो.यी.ले खानेपानीको मुहानमै पुगेर स्थलगत अवलोकन गरेका थिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बजारवासीलाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्न नयाँ प्रोजेक्टले समस्या समाधान हुने बताए ।

बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले स्मार्ट वाटर प्रोजेक्टले वर्तमान आवश्यकता र समस्यालाई समाधान गर्ने बताए ।

कार्यक्रममा एसओएस बालग्राम पोखराका भाइस प्रिन्सिपल किरण सापकोटाले बेनी नगरपालिकाको समग्र क्षेत्रको वस्तुस्थिति, धार्मिक तथा पर्यटकीयस्थल, खानेपानीको अवस्थाका विषयमा सहजीकरण गरेका थिए ।

बेनी नगरपालिकाका प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बेनी खानेपानी उपभोक्ता संस्थाका सचिव रमेश गिरीको सञ्चालन रहेको कार्यक्रममा प्रोफेसर डा. ईन्दिरा पराजुलीले दोभाषेको सहजीकरण गरेकी थिइन् ।

प्रति सेकेण्ड ३० लिटर पानी झर्ने पुम्दीखोला योजनाको ३ ओटा इन्टेक, चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन् ।

बेनपा–२, ज्यामरुककोटको हाँडेभीर, बेनीबजार र गलेश्वरका ९६५ घरधुरीका उपभोक्तालाई खानेपानी सुविधा प्रदान गरिरहेको संस्थाले गत आवमा छ करोड १५ लाख २७५ रुपैयाँको लागतमा स्तरवृद्धि गरी चौबीसै घण्टा खानेपानी वितरण गर्दै आइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles