26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

ककनीको चिसोधारामा ट्रिपर दुर्घटना, एकको मृत्यु २ घाइते

नुवाकोट, साउन २१, २०७५ ।
पासङ ल्हामु राजमार्ग अन्र्तगत ककनी गाउँपालीका वडा नं १ चिसोधारा भन्ने ठाँउमा ट्रिपर सोमबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

मृत्यु हुनेमा सहचालक गोरखा जिल्ला अजिरकोट गाउँपालीका ३ मेखराज गुरुङ रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवले बताए ।

उनको उपचारको क्रममा मृत्यु भएको हो ।

ककनीबाट बालुवा लिई काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ४५३७ नम्बरको ट्रिपर साइट च्यापने क्रममा सडकबाट ३०० मिटर तल्ल खसेको जिल्ला प्रहरी कार्यलय नुवाकोट बताएको छ ।

घाइते हुनेमा ट्रिपर चालक नुवाकोटको शिवपुरी गाउँपालीका वडा नं ७ का शेषमान तामाङ, र शिवपुरी गाउँपालीका वडा नं ६ का रोशन तामाङ रहेको प्रहरी प्रमुख कुवरले बताए ।

चालक तामाङको दाहिने हात भाचिएको छ भने ट्रिपरमा सवार रोशन तामाङको टाउँकोमा चोट लागेको छ ।

घाईतेहरुलाई उपचारको काठमाण्डौ ग्रिन सि।टि। होस्पिटल लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles