32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बाबुलाई अनशनमा राखेर ‘भागेका’ नुरप्रसाद प्रहरी नियन्त्रणमा

काठमाडौं, साउन २०।

गोरखा फुजेल निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशनमा राखेर सम्पर्कविहीन भएका नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ। लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैँले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरी खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुवँरले पक्राउ गरेको नभइ उनी आफैँले खबर गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

पतिको निधनपछि पनि कान्छो छोराका दोषीलाई कारबाही माग गर्दै आमा गंगा माया अनशन बसेकी थिइन् । उनको अनशन पनि यही असार ३० गते तोडिएको थियो ।

सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनशन उनले तोडेकी थिइन् । सम्झौतापत्रमा गंगामायाले आफ्नो छोरालाई खोजिदिनु पर्ने पनि माग थियो । त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजारस्थित कारागारमा लगिएको थियो ।

२०७२ सालमा भएको पाँच बुँदे सहमतिमा कृष्णप्रसादको हत्यामा संलग्न रुद्र आचार्यलाई पनि कारवाहीको दायरामा ल्याउने भनिएको थियो । रुद्र त्यही समयदेखि बेलायतमा रहेको बताइन्छ । प्रहरीले त्यो बेला बेलायतसँग सुपुर्दगी सन्धि नभएको जनाउँदै इन्टरपोलमा खबर गरे पनि पक्राउ पर्न नसकेको उल्लेख गरेको थियो ।

अनशनमै निधन भएका नन्दप्रसादको शव चार वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम ‘रुम’मा दुर्गन्धित अवस्थामा रहेको छ । जेठा छोरा नुरप्रसाद बाबुको शव बुझ्न पनि आएका थिएनन् ।

नुरप्रसादमाथि पिताको शवलाई लिएर राज्यसँग पैसाको बार्गेनिङ गरेको समेत आरोप लागेको थियो । उनी काठमाडौँमै रहेर पनि अनशनमा रहेकी आमाको सम्पर्कमा पनि आएका थिएनन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles