32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

मोबाइल र टिभी चोरी गर्ने दुई युवक प्रहरी खोरमा

राजविराज, साउन १६ गते ।

सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–४ का १९ वर्षीय भगवतीकुमार राम र रुपनी गाउँपालिका–९ का २० वर्षीय रामकुमार मण्डल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

दुवैजनाले राजविराज–४ स्थित एउटा होटलबाट विभिन्न पेय पदार्थसहित रु ३५ हजार तथा सोही स्थानमा रहेको मोबाइल पसलबाट रु दुई लाख मूल्य बराबरका मोबाइल र एलसिडि टेलिभिजन चोरी गरेका थिए ।

होटल तथा पसल सञ्चालकले गरेको उजुरीको आधारमा दुवैजनालाई चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । -रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles