23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मुख्यमन्त्री र उद्योग वाणिज्य संघ अध्यक्षका बिचको टेलिफोन सम्बाद सार्बजनिक, मुख्यमन्त्रीको सचिबालयद्वारा आपत्ति

धनगढी साउन १६ ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटी राजधानी नबनाएको र अख्तियारको कार्यालय महेन्द्रनगर सारिएको विषयमा उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले थर्काएका छन् । खड्काले साउन १५ गते डोटीबाट मुख्यमन्त्री भट्टलाई टेलिफोन गरी राजधानी डोटीबाट धनगढी लगेको र अख्तियारको कार्यालय समेत महेन्द्रनगर सारिएको भन्दै थर्काएका हुन् ।

उनले मुख्यमन्त्री भट्टलाई थर्काएको कुरा सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल भएको छ । करिब १५ मिनेट लामो अडियो क्लीपमा मुख्यमन्त्री भट्टले आफूले उक्त विषयमा आधिकारीक रुपमा बुझ्ने बताएका छन् तर खडकाले पटक/पटक डोटीको मान्छे भएकाले भनेको भन्दै उनलाई बारम्बार होच्याउने भाषाको प्रयोग गरेका छन् ।

यता, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले  प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीसँग टेलिफोनमा गरेको कुराकानी पदिय गरिमा र मर्यादा, व्यक्तिगत चरित्र सूचनाको हक सम्बन्धी ऐन २०६४ र विद्युतीय इलेक्ट्रानिक कारोबार ऐन २०६३ लाई समे ख्याल नगरी राजनैतिक पूर्वाग्राही तवरले सामाजिक सञ्जाल मार्फत सम्पूर्ण जनतामा भ्रमपूर्ण प्रचार गरिएको भन्दै मुख्यमन्त्रीको स्वकीय सचिवालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय डोटीबाट सर्ने थाहा पाएपछि मुख्यमन्त्रीलाई जानकारी गराउन खोजेको उनले बताए । मुख्यमन्त्री सँगै भट्ट डोटीको समेत साझा व्यक्ति भएका कारण उनलाई गुनासो सुनाएको खडकाले बताए ।

‘पहाड खाली हुदैछ, डोटीबाट सबै कार्यालयहरु सारिदा डोटी सुनसान हुन्छ,’ खडकाले भने, म पनि उद्योग वाणिज्य संघको अध्यक्ष हुँ डोटीका जनताको गुनासो मैले उहाँलाई पोखेको हुँ ।’ तर मुख्यमन्त्रीको चरित्र हत्या गर्ने आफ्नो नियत नभएको उनले दाबि गरेका छन् ।   – दिनेशखबर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles