26.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बाबुद्वारा छोराको हत्या

भक्तपुर, साउन १६ गते ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् ।

गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका चापागाईंले घरायसी विवादकै कारण सुतिरहेको छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको पोखरेलले बताउनुभयो ।

छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर घटनाकारे थप अनुसन्धान थालेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles