26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सरकारविरुद्ध सडकमा कांग्रेसको प्रदर्शन

पोखरा, साउन १६, २०७५ ।
सरकारले अधिनायकवादि तथा जनविरोधी काम गरेको भन्दै नेपाली काँग्रेस कास्कीले पोखरामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले जनतालाई मर्कामा पार्दै कर वृद्धि, प्रेस स्वतन्त्रता माथी हस्तक्षेप र तानासाही कम्युनिस्ट शासन देखाएको भन्दै काँग्रेसले घोषणा गरेको राष्ट्रव्यापी आन्दोलनका क्रममा पोखरामा पनि प्रदर्शन गरेको हो ।

कास्की काङ्ग्रेसको आयोजनामा भएको विरोध सभालाई सम्बोधन गर्दै कास्की काङ्ग्रेस सभापती कृष्ण केसीले आन्दोलन काङ्ग्रेसको मात्र नभएर कम्युनिस्ट शासनबाट शोसित सम्पुर्ण नेपाली जनताको आन्दोलन भएको बताए । चुनावको बेलामा जनतालाइ झुठो आश्वासन देखाएर तानाशाही शासन देखाएको कम्युनिस्टहरुले अब पनि जनतालाइ दुख दिए कम्युनिस्ट शासनको अन्त्य गर्ने चेतावनी समेत दिएक थिए ।

सोहि क्रममा बोल्दै तरुणदल कास्की अध्यक्ष मनोज गुरुङले कम्युनिस्ट सरकारले लोकतन्त्रको जगमाथी टेकेर आम नेपालीलाई दुख मात्र दिने गरेको बताए ।

“ ओलि सरकारले यस्तै गल्ती गर्दै गए अबको एक वर्षमा नै हामी सरकार ढाल्न बाध्य हुने छौ “ उनले बताए ।

नेपाल तरुण दलले काठमाडौमा गरेको शान्तीपुर्ण आन्दोलनमा प्रशासनको हस्तक्षेप प्रती घोर भत्सर्ना गर्दै देशभरि नै तरुणदलका कार्यकर्तालाई छानी छानी विभिन्न झुठा मुद्दा लगाइ पक्राउ गरेको आरोप लगाए ।

कोणसभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य जीवन परियारले सरकार सर्वसत्ताबादतिर गएको कारण आफुहरु सडकमा आउनुपरेको बताए ।

लोकतन्त्र माथी विश्वास गर्दै जनताले दिएको मतको दुरुपयोग गरेको भन्दै तानाशाह कम्युनिस्ट शासनको जरै देखि उखेलेर फाल्न समेत काङ्ग्रेस पछि नपर्ने बताए ।

सो अवसरमा पुर्व कानुनमन्त्री यज्ञबहादुर थापा, सांसद सुर्यबहादुर केसी, गण्डकी प्रदेशका सांसद विन्दु थापा, सांसद वृन्दा राना, महिला संघ कास्की अध्यक्ष कोपिला रानाभाट,अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवर लगायतले सम्बोधन गरेका थिए ।

पाल्पामा पनि कांग्रेसको प्रदर्शन

वर्तमान सरकारले कर वढाएको महंगी तथा भष्टाचार नियन्त्रण गर्न नसकेको राज्य आतंक सिर्जना गरेको लगायतका आरोप लगाइ यि कुराको अन्त्यको माग गर्दै नेपाली काग्रेसले गरेको देशव्यापी विरोध कार्यक्रम पाल्पामा पनि भएको छ ।

जिल्ला सदरमुकाम स्थित पार्टीको जिल्ला कार्यालय शिल्खानबाट पार्टीका नेता कार्यकर्ता, भातृसंगठन,सुभेच्छुक सम्मिलित ¥याली नगर परिक्रमा गरी आन्दोलनचोकमा पुगी सभामा परिणत भएको थियो ।

सभामा पार्टीका जिल्ला सभापति एवम प्रदेशसभा सांसद वीरवहादुर राना, सचिवद्वय अजयमान कर्माचार्य, झपेन्द्र गैरे, क्षेत्रीय सभापतिहरु सन्तोष थापा, कृष्ण वस्याल, रामवहादुर कार्की लयातले वोल्दै वर्तमान सरकार अधिनायकवादी वन्दै गएको जन अपेक्षा विपरितका गतिविधी गरेको भ्रष्टाचारलाई वढावा दिएको आरोप लगाए ।

 

उनीहरुले स्वतन्त्र न्यायलयमाथि पनि हस्तक्षेप गरी आफ्नो चरित्र देखाएको आरोप लगाउदै दुइ तिहाइको दम्भका कारण सरकारले एकपछि अर्काे अलोकप्रिय क्रियाकलाप गरेकाले जनताहरु अव चुप लागेर वस्न नहुने तर्क गरे ।

 

ज्ञापनपत्रसहित विरोध सभा

बझाङमा केपी सरकार चाहिदैन जनता मार्न पाईदैन भन्दै नेपाली कांग्रेस बझाङले सरकार बिरुद ज्ञापन पत्र बुझाउदै, सदरमुखकाम चैनपुरमा जुलुस र कोण सभा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा र्वतमान प्रधानमन्त्रि के पी ओलीले देशमा भष्टाचार मंहगी र संविधान बिरुद काम गरेको भन्दै नेपाली कांग्रेस बझाङले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउदै सरकार बिरुद ¥याली गरेर बजार परिक्रम गरि लोकतान्त्रिक चौकमा कोण सभा गरेको छ ।

बिरोध सभामा बोल्दै नेपाली कांग्रेस बझाङका पाटि सभापति हकजङ्ग बहादुर सिहंले महँगो बढाएकोमा चर्को विरोध गर्नुभयो।

पूर्वी पश्चिमी दुवैमा विरोध

नेपाली काग्रेस नवलपरासीले मंगलबार पूर्वी र पश्चिम दुवै जिल्लामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । वर्तमान सरकारको संविधान विरोधी रवैया र जनताको ढाड सेक्ने दोहोरो कर प्रणालीको विरोध भन्दै विभाजित नवलपरासीका दुबै जिल्लामा विरोध प्रर्दशन गरिएको काग्रेस निकट स्रोतले जनाएको छ ।

पूर्वी नवलपरासीको नवलपुर सदरमुकाममा भएको प्रदर्शनमा नेपाली काग्रेसका पूर्व केन्द्रिय सदस्य एवं गंण्डकी प्रदेश सभासद कृष्णचन्द्र नेपालीले जन प्रदर्शनलाई सम्वोधन गर्दै ओली सरकार भारतका अगाडी लम्पसार परेको आरोप लगाए । नेपालीले चुनाव अघि भारत विरोधी रवैया देखाउने ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणमा ईण्डीयन पोशाकमा सजिएर भारतीय सेनालाई प्रबेस दिएको बताए ।

उनले देश भर चलेको नेपाली काग्रेसको जन प्रदर्शन सरकारले जनविरोधी आफ्ना कार्यशैली सच्याउन खवरदारी मात्र भएको बताए । जनप्रदर्शनमा गण्डकी प्रदेश सभासदहरु ीवष्णु लामिछाने, ओमकला गौतम लगायत जिल्ला स्तरका नेता विभिन्न भातृ संगठनका पदाधिकारी र साधारण कार्यकर्ताहरु सहभागि रहेका थिए ।

यसै गरी पश्चिम नवलपरासीमा पनि काग्रेसले विरोध प्रदर्शन गरेको थियो । जसमा नेपाली काग्रेसका केद्रिय सदस्य एवं सभासद देवेन्द्र राज कंडेल लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कांग्रेस गुल्मीको पनि प्रदर्शन
सरकार बिरुद्ध नेपाली काँग्रेस गुल्मीले प्रर्दशन गरेको छ । बिभिन्न नारा बाजीसहित मंगलवार सदरमुकाम तम्घासमा प्रर्दशन गरेको हो ।

बिभिन्न नेता कार्यकर्ता सहित नेपाली काँग्रेस गुल्मीको पार्टी कार्यालयबाट निस्केको जुलुसले बजारका बिभिन्न चोकमा पुगेर परिक्रमण गरेका थिए । प्रर्दशनको क्रममा चक्रो मुल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको, महंगी निन्त्रण गर्नु पर्ने जस्ता सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।

प्रर्दशनकारीले नारा बाजीको क्रममा मार्सी चामल, अधिनायकबाट मुर्दावाद, निशुल्यक शिक्षा स्वास्थ्य ग्यारेन्टी गर जस्ता बिभिन्न सरकार बिरुद्धमा नाराबाजी गरेका थिए । बर्तमान केपी ओली नेतृत्व सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापहरु विरुद्ध प्रदर्शन गरिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रर्दशनको क्रममा बिभिन्न मागहरु समेत राखेका थिए । प्रर्दशनकर्ताले सभामुख र उपसभामुख अलग अलग दलबाट व्यवस्था गर, संवैधानिक व्यवस्थाको पालना गर, स्वतन्त्र न्यायालय र प्रेस माथिको आक्रमण वन्द गर, पूर्ववर्ति सरकारको जनप्रिय निर्णयहरु कार्यान्वयन गर जस्ता मगहरु समेत राखेका थिए ।

उनिहरुले ६५ वर्षमा नै वृद्धभत्ता दिने व्यवस्था कायम गर, गम्भिर प्रकृतिको विरामीलाई मासिक ५हजार जिविकोपार्जन भत्ता कायम गर, भुकम्प पिडितलाई एक लाख अनुदान थप गर्ने निर्णय कार्यान्वयन गर,जनताको ढाड सेक्ने मुल्यवृद्धि र कर वृद्धि फिर्ता गर,बाढी तथा पहिरो पिडितलाई राहतको विशेष प्याकेज व्यवस्था सरकारलाई खबदारी गरेका थिए । प्रर्दशन पछी सदरमुकाम तम्घासको लाकुरी मञ्चमा कोण सभा समेत गरेका थिए कोर्ण सभाको क्रममा जिल्ला स्थित बिभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles