41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

दुर्घटनामा तीनको मृत्यु

रसुवा, साउन १५, २०७५
धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles