33.2 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

‘प्रेस’को मोटरसाइकलबाट लागू औषध कारोबार

काठमाडौं, साउन १५

प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधको अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका २२ पुरानो नगरपालिकानजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकल र त्यसमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले बोकेको कालो झोला चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । चौधरीको साथबाट प्रहरीले बैंकमा जम्मा गरेको ४ लाख रुपैयाँको भौचर पनि बरामद गरेको छ ।
खैरो हिरोइनसहित ३ जना पक्राउ
प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ सत्य साहमार्गस्थित शिव श्रेष्ठको घरमा भाडामा बस्ने झापा दमकका उदव न्यौपाने, सुमन झा र मोरङ मधुमल्ला ४ का चौलागाईलाई ४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles