26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

जन्मोत्सबमा ५ लाखको अक्षयकोष स्थापना

पर्वत, साउन १५, २०७५ ।
साहित्यकार तथा सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार पाँच सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् ।

५० बर्षमा प्रबेश गरेकी शर्माले उक्त कोष स्थापना गरेकी हुन् ।

शर्माले स्थापना गरेको अक्षयकोष मार्फत समाजसेवा, विपन्न नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग, पुरस्कार वितरण जस्ता सामाजिक कार्य गर्ने माधुरी साहित्यिक प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा सरस्वती विमल वाङमय प्रतिभा पुरस्कार वितरण, स्रष्टा सम्मान, अक्षयकोष स्थापना सहित जिज्ञाशुको भिडियो बायोग्राफी समेत सार्वजनिक गरिएको छ ।

विगत एक दशकदेखि पर्वतको कुश्मालाई कर्मथलो बनाएर साहित्य सृजना र पत्रकारिता गर्दै आएकी शर्माले जन्मोत्सवमा पत्रकार राजेन्द्र पहाडी, साहित्यकार कृष्णदेवी श्रेष्ठ र समाजसेवी मानकुमारी गिरीलाई सम्मान समेत गरेकी छिन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles