33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक

काठमाडौँ, साउन १५ गते ।

वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।

उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउनुहुन्छ ।

“त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ”, उहाँले भन्नुभयो ।

उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ ।

वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ ।

“कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ”, मैनालीले भन्नुभयो ।

धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ ।

कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन ।

तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ ।

यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ ।

हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४०० ट्राफिक प्रहरी मात्र कार्यरत छन् ।

उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ ।

आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन् ।

उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles