36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

मुग्लिन बजारको फोहोर सीधै त्रिशूली नदीमा

चितवन, साउन १५, २०७५ ।
चितवनको मुग्लिन बजार र आसपासको फोहोर त्रिशूली नदीमा फाल्ने गरिएको छ ।

चौबिसै घण्टा ब्यस्त राजमार्गमा रहेको मुग्लिन बजार, कुरिनटार, फिस्लिङ, चुम्लिङटारलगायतका क्षेत्रमा दैनिकरुपमा संकलन हुने फोहोर सिधै त्रिशूलीमा फाल्ने गरिएको हो ।

इच्छाकामना गाँउपालिमा पर्ने सो क्षेत्रमा ल्याण्डफिल्डसाइट नहुँदा दैनिक संकलन हुने फोहोर नदीमा फाल्नुपरेको इच्छाकामना गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष होमबहादुर रानाले बताए । उनले भने, ‘अहिलेसम्म नदीमा नै फोहोर फाल्ने गरेका छौं, ल्याण्डफिल्डसाइट निर्माण अन्तिम चरणमा छ, छिट्टै समस्या समाधान हुन्छ ।’

इच्छाकामना गाँउपालिका वडा नम्बर ५ को मुग्लिन बजार, वडा नम्बर ४ को कुरिनटार र वडा नम्बर ३ को कुरिनघाट, चुम्लिङटार र फिस्लिङको फोहोर इच्छाकामना गाँउपालिकाले त्रिशूली नदीमा फाल्ने गरिएको प्रशासकीय अधिकृत नरहरि सापकोटाले बताए ।

गाँउपालिकाको वडा नम्बर ४ को सोताबगरमा ल्याण्डफिल्डसाइट निर्माण प्रकृया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

तीन वडाका वडाध्यक्षसहितको उपभोक्ता समिति गठन गरेर करिब ८ लाख रुपैयाँको लागतमा ल्याण्डफिल्ड निर्माण भइरहेको सापकोटाले बताए ।

नदी किनारमा फोहोर नफाल्न आफूहरुले निर्देशन दिएको भए पनि ठाउँको अभावका कारण नदी किनारमा फोहोर फाल्ने गरेको उनले स्वीकार गरे ।

सडकको छेउमै नदी किनारमा फोहोर फालिँदा सडकमा हिड्ने यात्रुलाई दुर्गन्धले हैरानी गरेको छ भने नदी प्रदूषित बनेको छ ।

गाँउपालिकामा दैनिक साढे २ टन फोहोर संकलन हुने गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles