40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १४ साउन ।

मकाउ पठाउँछु भनी ठगी गरेको अभियोगमा सुनसरी धरान घर भएका ५० वर्षीय बालकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भनी २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजार रूपैयाँ उठाई ठगी गरी फरार भएका भण्डारीलाई खोजतलास गर्ने क्रममा ललितपुरस्थित थसिखेल कुसुन्तीबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार फेला पारी पक्राउ गरेको हो ।

यसैगरी उत्तर कोरियास्थित कृषि फर्ममा राम्रो रोजगारीको अवसर छ भनी प्रतिब्यक्ति ७ लाख रुपैयाँ लाग्छ भन्दै ठगी गरेको अभियोगमा सिन्धुली पुरानो झागली-७ का ३० वर्षीय दिनेश भन्ने रामबहादुर थापा, मकवानपुर फापरबारी-४ लामेटारका २७ वर्षीय दिनेश श्रेष्ठ र मकवानपुर सरस्वती घर भएकी ३१ वर्षीया कल्पना ढुंगानालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रामबहादुरलाई काठमाडौं कपनबाट, दिनेश र कल्पनालाई काठमाडौं महाराजगंजबाट पक्राउ गरको हो ।

साथै अनुसन्धानको क्रममा रामबहादुर र कल्पनाले अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायतका देशहरूमा समेत रोजगारीको राम्रो अवसर छ भनी हालसम्म ५ जनाबाट ४२ लाख भन्दा वढी रकम लिई ठगी गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles