38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

विदेश पठाउने भन्दै १ करोड ठग्ने चार पक्राउ

काठमाडौं, साउन १४, २०७५
विभिन्न देशमा रोजगार दिलाइदिने बहानामा १ करोड ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उत्तर कोरियास्थित कृषि फर्ममा जागिर लगाउने भनी झुक्याएर ठगी गरेको अभियोगमा ३ र मकाउ पठाउने बहानामा ठगी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई कोरियाको कृषि फर्ममा राम्रो रोजगारीको अवसर छ भनी प्रति व्यक्ति ७ लाखका दरले सर्वसाधारणबाट रकम असुलेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका रामबहादुर थापा, मकवानपुरका दिनेश श्रेष्ठ र कल्पना ढुंगाना रहेका छन् । तीनै जनालाई महाराजगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई काठमाडाँै जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

साथै दिनेश भन्ने रामबहादुर थापा र कल्पना ढुंगानाले अस्टे«लिया, पोल्यान्ड, दक्षिण अफ्रिकालगायतमा देशमा समेत रोजगारीको राम्रो अवसर छ भनी सर्वसाधारण नागरिकलाई झुक्याई ५ जनाबाट ४२ लाख रुपियाँभन्दा वढी रकम लिई ठगी गरेको उजुरी प्राप्त भएको ब्युरोले जनाएको छ ।

 

यस्तै, मकाउ पठाउँछु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकाउमा तलब सुविधासहितको रोजगारीको अवसर दिलाउने भनी २३ जनाबाट प्रति व्यक्ति २ लाख ७५ हजार रुपियाँ उठाई ठगी गरेको उजुरीको आधारमा भण्डारीलाइ पक्राउ गरेको हो ।
सुनसरी धरानका बालकृष्ण भण्डारीलाई ललितपुरस्थित थसिखेल कुसुन्तीबाट पक्राउ गरिएको छ ।

ललितपुर जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको र ठगीमा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles