40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

चुम्लिङटार बस दुर्घटनामा ८ को मृत्यु

चितवन,  साउन १२ गते ।

इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्गको चुम्लिङटार सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा ८ यात्रुको मृत्यु भएको छ ।

१७ घाइते भएका छन् ।
काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट गइरहेको ट्रकसँग ठक्कर खाँदा त्रिशूली नदी किनारमा खसेको हो ।
ना.६ख २५०६ नम्बरको बस काठमाडौंबाट पोखरा हुँदै वालिङ जाँदै थियो ।

मुग्लिनबाट मलेखुतर्फ जाँदै गरेको ना.५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस सडकबाट २० मिटर तल त्रिशूली नदी किनारको खोँचमा खसेको चितवन प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मियाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य दुई मृतकको भने सनाखत भएको छैन ।

सनाखत नभएका एक महिला र एक बालक छन् ।
दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।

६ घाइतेको अवस्था गम्भीर छ । ७ घाइतेको पुरानो मेडिकल कलेज भरतपुर र ४ को मनकामना अस्पतालमा उपचार भइरहेको छ ।
५ घाइतेलाई पोखरातर्फ लगिएको छ भने एकको मलेखुमै उपचार भएको डिएसपी ढकालले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles