36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

पोखरीमा डुबेर दुई बालकको मृत्यु

रौतहट, साउन ११ गते ।
रौतहटमा एक नगरपालिकाको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको फतुवाबिजयपुर नगरपालिका–४ टेङ्ग्राहा निबासी ६ बर्षिय रोशन कुमार यादब र ४ बर्षिय कुन्दन कुमार यादब रहेका छन ।

घर भन्दा २ सय मिटर पर रहेको छिमेकी प्रायश राय यादबको पोखरीमा डुबेर ती दुबै बालकको मृत्यु ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाले जनाएको छ ।

अभिभाबक घरमा नभएको अबस्थामा खेल्दै पोखरीमा पुगेका ती दुबै बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ एक साता अघि मात्रै रौतहट र सर्लाहीको सिमा भएर बाग्मती नदिमा डुबरे सर्लाहीको लालबन्दि नगरपालिका–१७ रानीगञ्ज निबासी २२ बर्षिय सञ्जय बस्नेत र २२ बर्षिय राजेश ब्लोनको मृत्यु भएको थियो ।

गर्मी याम लागेपछि नदि नाला र पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढेको पाइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles