28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

एक बेपत्ता, दुई घाइते

सुर्खेत, साउन ११ गते ।
पातारासी गाउँपालिका–५ ल्होर्पा गाउँ जुम्लाका २८ वर्षीय डम्बरसिंह बुढा पहिरोमा परी बेपत्ता भएका छन् ।

जुम्ला सदरमुकामदेखि करीब १२ किलोमिटर दूरीमा रहेको ल्होर्पा गाउँ नजिकैको जंगलमा गएको पहिरोमा उनी परेका हुन् ।

जुम्ला बजारदेखि घर जाने क्रममा बिहीबार बेलुका ७ः०० बजे बुढा पहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो ।

सोही पहिरो परेका दुई जना स्थानीय भेषबहादुर बुढा र खड्गबहादुर बुढा सामान्य घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

उहाँका अनुसार दुवैको स्थानीय स्वास्थ्य चौकी डिल्लीचौरमा उपचार भइरहेको छ ।

पहिरोमा परेका डम्बरसिंहको घडी तिलानदी बगरमा भेटिएकाले नदीले बगाएको हुनसक्ने उहाँले बताउनुभयो ।

आज बिहानदेखि बेपत्ता बुढाको खोजीका लागि नदी किनारामा नेपाल प्रहरीको १३, सशस्त्र प्रहरी १४ जना र स्थानीय प्रहरी चौकीको जनशक्ति परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यसैबीच प्रहरीका अनुसार एक दिनअघिमात्र जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँमा आगलागी हुँदा तीन वर्षीय बालिका कृष्मा कुमाईको जलेर मृत्यु भएको थियो ।

उक्त घटनामा घरधनी कर्णप्रसाद कुमाईको दुई तलाको छ कोठे घर आगलागीबाट नष्ट हुँदा रु २३ लाख बराबर क्षति भएको जनाइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles